Trending :
 

पूर्व कप्तान बेकह्यामलाई युईएफए प्रेसिडेन्ड अवार्ड दिइने

भाद्र ०६,२०७५

-

  भदौ ६, २०७५  एजेन्सी ।
 
इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’बाट सम्मानित हुने भएका छन् ।
 
युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले बेकह्यामलाई ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’ दिने निर्णय गरेको हो । फुटबलमा पुर्याएको योगदानको कदर गर्दै युईएफएले बेकह्यामलाई यो वर्षको प्रेसिडेन्ट्स अवार्ड दिन लागेको हो ।
 
युईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले भनेका छन्, ‘सन् २०१८ को युईएफए प्रेसिडेन्ट्स अवार्ड डेभिड बेकह्यामलाई दिने घोषणा गर्न पाउँदा म निकै खुशी भएको छु ।’ प्रेसिडेन्ट्स अवार्ड पाउने भएपछि बेकह्यामले आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् ।
 
युईएफएले बेकह्यामलाई आगामी अगष्ट ३० मा मोनाकोमा हुने विशेष समारोहकाबीच यो अवार्ड प्रदान गर्ने जनाएको छ । इंग्ल्यान्डमा लिजेण्ड बेकह्यामले इन्ग्लिश टोलीबाट १ सय १५ खेल खेल्दै १५ गोल गरेका छन् ।
 
४३ वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन् ।