Trending :
 

बेनेट र अर्जेन्टोबीच २०१३ मा भएको यौन दुर्व्यवहार गुपचुप राख्ने सहमतिको खुलासा

भाद्र ०६,२०७५

-

६ भदौ, २०७५ एजेंसी l
 
 
अमेरिकी कलाकार जिम्मी बेनेटले सन् २०१३ मा प्रसिद्ध हलिउड अभिनेत्री एवम् फिल्म मेकर एसिया अर्जेन्टोले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अर्जेन्टोले त्यस घटना लाई गुपचुप राख्न बेनेटलाई ३ लाख ८० हजार अमेरिकी डलर दिएर उनीहरुबीच कुरा मिलाएको खुलासा भएको छ । 
 
न्यूयोर्क टाइम्सले बेनेट र अर्जेन्टोबीच भएको सहमतिको कागजात सहित समाचार छापे पछि यो खबर सार्वजनिक भएको हो ।
 
बेनेट १७ बर्षको हुँदा त्यतिबेला ३७ बर्षीय अर्जेन्टोले उनको ईच्छा विपरित क्यालिफोर्नियाको एक होटेलमा उनीमाथि यौन आक्रमण गरेको बताइएको छ । 
 
 बेनेट र अर्जेन्टोले सन २००४ को फिल्म ‘द हार्ट इज डिसिट्फुल अबभ अल थिङ्गस’मा सँगै अभिनय गरेका थिए जस्को निर्देशन समेत अर्जेन्टोले गरकी थिइन् । त्यति बेला ४ वर्षका बेनेट फिल्ममा अर्जेन्टोको छोराको रोलमा देखिएका थिए ।
 
रोचकता के छ भने अभिनेत्री एशिया अर्जेन्टा संसारैभरी यौन हिंसा र दुर्व्यवहारविरुद्ध सुरु गरिएको अभियान 'मी टू' कि प्रमुख अभियन्ता हुन् र उनले नै सबैभन्दा पहिले प्रसिद्ध अमेरिकी निर्माता हार्बी वाइन्स्टिनको यौन कर्तुतको पर्दाफास गरेकी थिईन ।