Trending :
 

नोबेल शिक्षण अस्पतालद्धारा ईमर्जेन्सी सेवामा सुधार

भाद्र ०६,२०७५

-

भदौ ६,२०७५ बिराटनगर ।
विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा सुधार गरेको छ । 
 
नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । 
 
बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । 
 
आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउँन कर्मचारी पनि खटाईएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । 
 
उनका अनुसार बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउँन २४ सै घण्टा अस्पतालको गेटमा ‘ट्रली ब्वाई’ खटाईएको हो