Trending :
 

भ्रष्टाचारको आरोपमा ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष मरिनलाई चार वर्षको जेल सजाय

भाद्र ०७,२०७५

-

  भदौ ७, २०७५ एजेन्सी ।
 
ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई भ्रष्टाचार गरेको आरोपमा अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।
 
विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अमेरीकी अदालतले जोसलाई जेल सजाय सुनाएको हो । 
 
अमेरीकाका ब्रोकलिन जिल्ला अदालतले ८६ वर्षे जोसलाई फिफाको बिलियन डलर घोटालाको काण्डमा उनी पनि समावेश भएको बताएको छ । चार वर्ष जेलका साथै उनलाई एक दशमलव दुई मिलियन अमेरीकी डलर जरिवाना पनि लगाएको छ ।
 
यसका साथै अदालतले ३ दशलमव ३४ मिलियन डलर चुक्ता गर्न पनि भनेको छ । ब्राजिल फुटबल संघका पूर्व प्रमुख जोस गएको डिसेम्बर २२ मा फुटबलको नाममा अनियमितता गरेको र अनाधिकृत रुपमा सम्पति आर्जेको प्रमाणित गरेको थियो ।
 
फिफाको दुई सय मिलियन डलरको भ्रष्टाचार मुद्धमा जोसलाई जेल हाल्नुपर्ने भन्दै चौतर्फी आवाज उठेको थियो । पछिल्लो १३ महिना जेलसजाय बिताइसकेका जोसले कम्तिमा १० वर्ष सजाय पाउनुपर्ने बताइएको थियो । तर उनको स्वास्थ्य अवस्थाका कारण उनलाई जमानतमा रिहा पनि गराइएको थियो । एजेन्सी ।