Trending :
 

सम्बन्ध सुधारतर्फ जोड दिँदै चीन र भारत

भाद्र ०७,२०७५

-

७ भदौ, २०७५ एजेंसी l
 
मंगलबार चिनियाँ रक्षा मन्त्री वेइ फेङले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि दुईदेशबीच दशकौँअघिदेखि चलिआएको सम्बन्धबारे खुलेर प्रशंसा गरेका हुन् । उनको यस्तो प्रतिक्रियापछि यी दुई छिमेकी बीचको विवाद कम भएको र सम्बन्धमा पुनः सुधार आइरहेको संकेत देखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 
 
गत अप्रिलमा भेट गर्दा राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री मोदीले पनि विगतका सबै समस्यालाई पछि राख्दै नयाँ र बलियो सम्बन्धतर्फ अघि बढ्नेमा सहमति जनाएका थिए । तर त्यसको केही महिना अगाडि मात्र हिमालयतर्फको सीमालाई लिएर दुवैबीच महिनौँसम्म विवाद चर्किएको हो जसले युद्धको सम्भावना समेत बढाएको थियो । तर मंगलबार बेलुकीको बैठकमा भने मन्त्री वेइले प्रधानमन्त्री मोदीसँग चीन र भारतबीचको धेरै पुरानो सम्बन्धलाई याद दिलाउँदै सम्बन्ध सुधारतर्फ जोड दिएका हुन् । 
 
यसका साथै उनले मोदीको भ्रमणले सुरक्षा आदानप्रदानलाई बलियो बनाउने, पारस्परिक विश्वास बढाउने र सीमा क्षेत्रमा शान्ति कायम गर्न मद्दत गरि दुवै देशबीच बलियो साझेदारीका निम्ति सकारात्मक योगदान दिने पनि बताएका छन् । त्यसैगरी उनले भारतकी रक्षा मन्त्री निर्मला शितारमानसँग पनि भेट गर्ने तय भएको छ । 
 
२०१७ मा गम्भीर विवादका कारण सयौँका सङ्ख्यामा दुवैतर्फका सेनाहरु भुटानसँगको सिमानास्थित डोक्लाममा भेला भएका थिए । सिमानाको मुद्दामा लामो समयदेखि नै यी दुई छिमेकीबीच विवाद रहँदै आएको छ जसले सन् १९६२ मा संक्षिप्त युद्धको रुप समेत लिएको थियो ।