Trending :
 

अन्तर्राष्ट्रिय प्रसङ्ग

राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्‍मेवारी बहन नगर्ने घोषणा

बैशाख २२,२०७४

-

२२,वैशाख,एजेन्सी -

 

 बेलायती महारानीका एलिजाबेथ द्वीतियाका श्रीमान ड्यूक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्‍मेवारी बहन नगर्ने घोषणा गरेका छन्। बकिंघम राजदरबारले बिहीबार वक्तव्य सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो।

 

उक्त वक्तव्‍यमा बकिंघम दरबारले भनेको छ, ‘यो ड्यूक अफ एडिनबरा आफैंले गरेको निर्णय हो र श्रीमानको यो निर्णयप्रति महारानी एलिजबेथको पूर्ण समर्थन छ।’

आगामी महिना ९६ बर्ष पुग्न लागेका राजकुमार फिलिपले यसअघि नै निर्धारण भएका जिम्मेवारीहरु भने पूरा गर्ने बताइएको छ भने नयाँ निमन्त्रणाहरु भने स्वीकार गर्न नसक्‍ने वक्तव्‍यमा उल्लेख गरेको बीबीसीले उल्लेख गरेको छ।

 

त्यसैगरी उहाँ बुधबार मात्रै लर्ड क्रिकेट ग्राउण्डको उद्‌घाटन समारोहमा सहभागी हुनु भएको थियो। उहाँले समारोहमा चुट्किला समेत सुन्‍नुभएको थियो। यस्तै बिहीबार महारानी र राजकुमार फिलिप शाही राजपरिषद्को भोजमा सहभागी हुनु भएको छ।