दाँत माझ्नु अघि टुथब्रसलाई भिजाउने बानी छ ? आजैबाट हटाउनुहोस् यो बानी !
-
७ भदौ, २०७५ एजेंसी l
हामी सबैको चाहना हुन्छ दाँत चम्किलो र स्वस्थ रहोस् । त्यसैले हामी सबैले हरेक दिन ब्रस गर्ने गर्दछौँ । तर हामीले ब्रस गर्दा केही गल्ती गरिरहेका हुनसक्छौँ ।
थोरै मात्र व्यक्तिलाई ब्रस गर्ने सही तरिकाका बारेमा थाहा हुने गर्दछ । कोही व्यक्तिले ब्रस गर्नुअघि टुथपेस्ट लगाएपछि मात्र ब्रसलाई भिजाउने गर्दछन् भने कोही व्यक्तिले ब्रसलाई भिजाएर त्यसमा टुथपेस्ट लगाउने गर्दछ । यो विषयलाई लिएर सोसियल मिडियामा निकै चर्चा हुने गर्दछ । ब्रसलाई कसरी प्रयोग गर्दा राम्रो हुन्छ भन्ने बारेमा आज हामी तपाईलाई जानकारी गराउँदैछौँ ।
डेन्टिस्ट ल्यूक थोर्लेले एक अन्तवार्तामा टुथब्रसलाई कहिलै पनि भिजाउन नहुने बताएका छन् । उनले टुथब्रस नभिजाउँदा टुथपेस्टको असर कम हुने बताएका छन् । त्यस्तै यसै विषयमा कुरा गर्दै अर्का डेक्टिस्ट डा. राहा सेपेहरले यदी ब्रस भिजाउनै पर्यो भने थोरै मात्र भिजानुहोस् । तर ब्रसलाई पुरै नभिजाउनुहोस् ।
उनले ज्यादा पातलो टुथब्रसले ब्रस गर्नु तपाईको दाँतका लागि राम्रो नहुने समेत बताएका छन् । डेन्टिस्टले ब्रस गरिसकेपछि पानीले राम्रोसँग कुल्ला गर्नु पर्ने पनि बताएका छन् । यसो गर्दा तपाईको हातमा टुथपेस्टको अवशेष भित्र नरहने बताए ।
यदी तपाईले टुथब्रसलाई त्यसमा लागेको फोहोर हटाउन भिजाउने गर्नुभएको छ भने तपाईले ब्रसमा टुथब्रस कभर लगाउन सक्नुहुनेछ । यसो गर्दा तपाईको ब्रसमा व्याक्टेरिया रहदैनन् र तपाईले नभिजाएर ब्रसको प्रयोग गर्न सक्नुहुनेछ । ध्यान राख्नुहोस् ब्रसको कभरलाई समय समयमा सफा गरिरहनु पर्दछ ।