Trending :
 

लसुन खानुहोस् , १५ स्वास्थ्य समस्याबाट छुटकारा पाउनुहोस् !

भाद्र ०७,२०७५

-

७ भदौ, २०७५ काठमाण्डौ l
    
 
लसुन प्राय : हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये शायद थोरै मात्रै जानकार छौँ ।
 
लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभई औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी यो सामग्री उपयोगी हुन सक्छ ।
 
जानीराखौँ लसुनका केही उपयोगिता
 
१. गानो गएमा : लसुन पिनेर अथवा एक केस्रा तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
 
२. विषम ज्वरोमा : बिग्रेको ज्वरोमा लसुनलाई घिऊ अथवा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
 
३. मुटुको रोगमा : यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
 
४. शरीर सुनिएकोमा : लसुन हालेर पकाएको तेलले मालिस गर्ने अथवा एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुन्निएको कम हुन्छ ।
 
५. पेट दुखेमा : लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश:  बढाएर लैजानु राम्रो हुन्छ ।
 
६. बाजीकरणमा : एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या घिऊमा पकाएर खाए उत्तेजना र बलवीर्य बढ्छ ।
 
७. स्वप्नदोषमा :एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
 
८. भित्री चोटमा : नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा कपासले अथवा लुगाको पट्टीले राखेर बाँधिदिए लाभ गर्दछ ।
 
९. वीर्य वृद्धिमा : लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने र खीरमा मिसाएर एक महिना जति दिनहुँ खाए वीर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
 
१०.कपालको जरा दुखेमा : दुबै कनपारामा लसुन पिनेर लगाए एकैछिनमा कपालको जरा दुखेको आराम हुन्छ ।
 
११. बिच्छीको विषमा : लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
 
१२. जिब्रो सुन्नियेमा लसुन पिनेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
 
१३. घाऊ धुन :  पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
 
१४. कान दुखेमा : लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
 
१५. भोक नलागेमा बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ ।