कुखुरी पहिला कि अण्डा ? वैज्ञानिकहरूले पत्ता लगाए !

भाद्र ०७,२०७५

-

७ भदौ, २०७५ एजेंसी l
 
 
यो संसारमा पहिला कुखुरी आई कि अण्डा आयो ? यो प्रश्नले आजसम्म पनि धेरैलाई रिंग्याइरहेको छ । कसैले पनि यसको जवाफ दिन सकेका छैनन् ।
 
तर अहिले आएर वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् । शेफील्ड र वारविक विश्वविद्यालयले पहिले कुखुरी आएको दाबी गरेका छन् । विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम ओभोक्लाइडिन नामक प्रोटीनबाट अण्डाको खोल बनेको हो र यो प्रोटीनविना अण्डाको निर्माण सम्भव छैन ।
 
सबभन्दा महत्त्वपूर्ण कुरा त यो प्रोटीन कुखुरीको गर्भाशयमा मात्र पाइन्छ । त्यहाँ बाहेक शरीरका कुनै पनि भागमा यो प्रोटीन पाउन सम्भव छैन । अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक डाक्टर कोलिन फ्रीम्यानका अनुसार लामो समयदेखि चलिरहेको यो विवाद अब अन्त्य भएको छ । यसलाई प्रमाणित गर्नका लागि पर्याप्त वैज्ञानिक सबूत पनि उपलब्ध भएको उनी बताउँछन् ।
 
कुखुरीको गर्भाशयमा प्रोटीन उत्पन्न हुन्छ र त्यसैबाट अण्डा बन्छ ।
 
तर प्रतिवेदनमा कुखुरी आफैं चाहिँ कहाँबाट आउँछे त भन्ने खुलाइएको छैन । यससम्बन्धमा प्राध्यापक जोन हार्डिङको भनाइ यस्तो छ स् वास्तवमा यो रासायनिक प्रक्रिया एकदमै अचम्मलाग्दोे छ । कुखुरीको शरीरमा अण्डाको बोक्रा तयार हुनु नै दुर्लभ प्रक्रिया हो । यो कसरी हुन्छ भनेर थाहा पाइयो भने नयाँ तथ्य बाहिर आउन सक्छ । अहिले यही जान्नका लागि अध्ययनहरू भइरहेका छन् ।