Trending :
 

माधुरीको नृत्य भाइरल

भाद्र ०९,२०७५

-

९ भदौ, २०७५ काठमाण्डौ l
 
 
माधुरी दीक्षितको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सन् १९६० को चर्चित फिल्म ‘मुगल ए आजम’को ‘मोहे पनघट पे नन्दलाल ।’ बोलको गीतमा उनले जबर्जस्त नृत्य गरेकी छिन् ।
 
 
यस गीतको असली भिडियोमा ५८ वर्षअघि मधुवालाले नृत्य गरेकी थिइन् । फिल्ममा मधुवालाले अनारकली नामक नृत्यांगनाको भूमिका निर्वाह गरेकी छिन्, जुन पात्र भारतमा निकै चर्चित छ ।
 
फिल्म रिलिज भएको ५८ वर्षपछि मधुवालाप्रति सम्मान प्रकट गर्न माधुरीले यस गीतमा नृत्य गरेकी हुन् । यो नृत्य उनले रियालिटी सो ‘डान्स दिवाने’को सेटमा गरेकी हुन् । यस सोमा उनी निर्णायकको
भूमिका छिन् । माधुरीको उत्कृष्ट नृत्यपछि सबैले ताली र सिटी बजाएर उनीप्रति आभार प्रकट गरेका थिए ।