पुरुष म्याराथनमा नेपाली धावकले रेस नै पूरा गरेनन्
-
भदौ ९, २०७५ काठमाडौँ ।
इण्डोनेसियाको जाकार्तामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत शनिबार बिहान सम्पन्न भएको पुरुष म्याराथनमा नेपालका दुवै धावकले तोकिएको दूरी नै पूरा गर्न सकेनन् ।
शनिबार बिहान भएको म्याराथनमा नेपालबाट कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले सहभागिता जनाएका थिए ।
तर, उनीहरु दुवैले बीचैमा दौड छाडे । नेपालमा तयारी गरेका उनीहरुले इण्डोनेसिया इण्डोनेसियाको वातावरणमा थकित भएकाले बीचैमा रेस छाडेको प्रतिक्रिया दिएका छन् ।
यस स्पर्धामा जापानी खेलाडी इनोइ हारितोले स्वर्ण जिते । उनले निर्धारित दूरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरे ।
२१ धावकको सहभागिता रहेको पुरुष म्याराथनमा दुई नेपालीसहित ६ धावकले रेस पूरा गर्न सकेनन् ।