Trending :
 

ओबामाका रिपब्लिकन प्रतिस्पर्धी मक्केनको निधन

भाद्र १०,२०७५

-

१० भदौ, २०७५ काठमाण्डौ l
 
बाराक ओवामाविरुद्ध २००८ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका जोन मक्केनको निधन भएको छ।
 
एरिजोनाका सिनेटर समेत रहेका ८१ बर्षीय मक्केनको कार्यालयले विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको छ । एक वर्षअघि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि उपचार हुँदै आएको थियो। डिसेम्बरमा वासिङगटन छाडेका मक्केनले शुक्रबारबाट उपचार रोक्ने निर्णय गरेको परिवारले जनाएको छ ।
 
अमेरिकी सिनेटमा छैठौँ कार्यकालका लागि सिनेटर रहेका उनको अघिल्लो वर्षको जुलाइमा आँखामाथि जमेको रगत हटाउन शल्यक्रिया गर्दा चिकित्सकहरुले ट्युमर पत्ता लगाएका थिए।
 
मक्केनका बुबा तथा हजुरबा दुबै जनता अमेरिकी सेनामा नेभी एडमिरल थिए।
 
उनी आफैपनि भियतनाम युद्धमो समयमा फ्लाइट पाइलट थिए। उनको विमान गोली हानेर खसालिएपछि उनले भियतनाममा पाँच वर्ष युद्ध बन्दीको रुपमा जीवन बिताएका थिए। एजेन्सी