Trending :
 

जिरोनाबिरुद्ध रियल मड्रिडको प्रभावशाली जित

भाद्र ११,२०७५

-

  भदौ ११, २०७५ एजेन्सी ।
 
स्ट्राइकर ग्यारेथ बेलले ला लिगाको लगातार दोस्रो खेलमा गोल गर्दा रियल मड्रिडले पछि परेको स्थितिलाई उल्टाउँदै जिरोनाबिरुद्ध प्रभावशाली जित हासिल गरेको छ ।
 
घरेलु मैदानमा जिरोनाका लागि बोर्जा ग्यारिकाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ग्यारिकाले १६ औं मिनेटमा गोल गरेका हुन् ।
 
३९ औं मिनेटमा मार्को एसेन्सियोलाई जिरोनाका डिफेण्डरले फल गरेपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरे ।
 
दोस्रो हाफमा रियलले तीन गोल थप्यो । ५२ औं मिनेटमा करिम बेञ्जिमाले पेनाल्टीमार्फत गोल गरे । 
 
५९औं मिनेटमा ग्यारेथ बेलले गोल गरे भने करिम बेञ्जिमाले ८०औं मिनेटमा चौथो तथा निर्णायक गोल गरे । एजेन्सी ।