Trending :
 

अम्बाको पातको फाइदाबारे जान्नुहोस्

भाद्र ११,२०७५

-

११ भदौ, २०७५ काठमाण्डौ l
 
 
 
सामान्यतया मानिसहरु अम्बालाई फलको रुपमा प्रयोग गर्छन् । तर, अम्बाको पातले आयुर्वेदको काम गर्छ । अम्बाको पात सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले दर्जनौं रोग निको पार्न सकारात्मक भूमिका खेल्छ ।
 
अम्बाको पातको फाइदाहरु यसप्रकार छन्
 
अम्बाको पात सेवनले मोटोपनालाई कम गराउन सहयोग गर्छ ।
 
अम्बाको पात चपाएमा मुखभित्रको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्छ ।
 
अम्बाको पात पिसेर लगाएमा अनुहारमा भएका डण्डीफोर हटाउन मदत गर्छ ।
 
अम्बाको पातले कलेजोलाई पनि राम्रो बनाउँछ । यसको पात पानीमा उमालेर पिएमा कलेजोलाई राम्रो गर्छ ।
 
अम्बाको पातको सुप पिएमा पाचन प्रणालीलाई व्यवस्थित गर्छ ।
 
अम्बाको पातले छाला र कपाललाई मजबुत बनाउँछ ।