Trending :
 

अर्थतन्त्र संकटमा परेपछि अर्थमन्त्री पदबाट बर्खास्त

भाद्र ११,२०७५

-

११ भदौ, २०७५
 
 
अर्थतन्त्रमा एकपछि अर्को संकट खेप्नुपरेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई पदमुक्त गरेको छ । अर्थतन्त्र खस्किदै गएको र मुद्र पनि कमजोर हुँदै गएको आरोपमा कार्बासिएनलाई आइतबार अभियोग लगाएको हो ।
 
कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए ।
 
राष्ट्रपति हसन रुहानीको मन्त्रिपरिषद्का सदस्यमध्ये यही महिना अभियोग लाग्ने कार्बासिएन दोस्रो हुन् । यसअघि श्रममन्त्री अलि राबिएलाई यही अगस्ट ८ का दिन अभियोग लगाएर हटाइएको थियो ।
 
इरानले अहिले उच्च मुद्रास्फिती र लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेको छ ।
 
ती समस्या समाधानका लागि मन्त्री र सरकारले कुनै ठोस काम गर्न नसकेको एक जना सांसदले बताए । मन्त्रीको गलत भूमिकाका कारण आम नागरिकले त्यसको असर भोग्नु परिरहेको उनको बुझाई छ । रासस