रङ बदल्ने पहाड

भाद्र ११,२०७५

-

११ भदौ, २०७५ एजेंसी l 
 
 
छेपारोले रङ फेरेको त उखानै छ । तर, निर्जीव पहाडले रङ फेर्छ भनेको सुन्दा तपाईँ छक्कै पर्नुहुन्छ । हो, यस्तो पहाड आइसल्यान्डमा छ ।आइसल्यान्डको फजलाबक नेचर रिजर्बमा रहेको यो पहाडले मौसमअनुसार आफ्नो रङ बदल्ने गर्छ ।
 
बेलायती फोटोग्राफर एन्डो लोरियाले एउटै पहाडको विभिन्न रङको तस्बिर एउटा म्यागजिनमार्फत सार्वजनिक गरेपछि यसले धेरैलाई अचम्ममा पारेको छ । तर, पहाडले कसरी रङ बदल्छ भन्ने खुलाइएको छैन । मौसमअनुसार हुने हिमपात, वर्षालगायत कारणले पहाडले रङ बदल्ने गरेको अनुमान गरिएको छ । ‘जाडोमा पहाडमा बरफ जम्छ ।
 
त्यतिवेला पहाडको रङ पूरै बदलिन्छ । त्यस्तै गर्मीमा टन्टलापुर घाम लाग्ने हुँदा पहाडको रङ बेग्लै हुन्छ । बरफ जम्ने र पग्लिने क्रममा पहाडको रङ पनि बदलिन्छ,’ समाचारमा भनिएको छ । यद्यपि, अरू पहाडमा गर्मी र जाडोमा पहाडको रङ यसैगरी किन बदलिँदैन भन्नेबारे केही खुलाइएको छैन ।