खाना पकाएर खाने बाँदर

भाद्र ११,२०७५

-

११ भदौ, २०७५ काठमाण्डौ l 
 
 
बाँदरले खाना पकाएर खाएको देख्नु त के, सुन्न भएको पनि छैन होला । तर, अमेरिकाको लोवामा यस्तो बाँदर छ, जहाँ बाँदरले सलाई कोरेर आगो बाली खाना पकाएर खाने गरेको देख्न पाउनु हुन्छ।
 
लोवामा कान्जी नाम गरेको एउटा बाँदरले खाना पकाएर खाने गरेपछि यसले धेरैलाई आश्चर्यमा पारेको छ । यस्तो अचम्मको बाँदरबारे नेसनल जियोग्राफी च्यानलले उसको डकुमेन्ट्री बनाई प्रसारण गरिसकेको छ ।
 
यो बाँदर ३३ वर्षको छ । यसले आगो बाली खाना पकाएको हेर्न मानिसहरू पुग्ने गरेका छन् । यसले पात, पतिंगर, झिँगटी आदि जम्मा गरेर एकै ठाउँमा भेला पार्छ र सलाई कोरेर आगो लगाउँछ । र, आगोमा मार्समैलो नाम गरेको अन्डाबाट बन्ने अमेरिकी परिकार पोल्ने गर्छ । परिकार आगोमा राम्रोसँग पाकेपछि आगोबाट झिकेर एकछिन सेलाएपछि बाँदरले खाने गरेको छ ।