दुइहाँगे लिंग भएका युवक भन्छन्– एउटा लिंग उत्तेजित हुँदा अर्को लिंगबाट पिसाब फेर्न सक्छु

भाद्र ११,२०७५

-

११ भदौ, २०७५ एजेंसी l 
 
 
वास्तविक नाम तथा पहिचान नखुलाएका एक २५ वर्षे युवकले हास्यास्पद आत्मकथा सार्वजनिक गरेका छन् । ‘डबल हेडर‘ तथा दुइ टाउके शीर्षकको उनको आत्मकथाले निक्कै हंगामा मच्याएको छ ।
 
वास्तविक पहिचान नदिएका ती युवकले  रोलिंग स्टोन नामक वेबसाइट सँग कुरा गर्दै वास्तविक पहिचनान नदिएको दाबी गरेका छन् । निकै दुर्लभ स्वास्थ्य समस्या मानिने डाइफालियाका कारण उनको लिंग दुइवटा भएको उनले बताएका छन् ।
 
उनले कुराकानीमा यदि आफु सार्वजनिक भएर क्यामरा सामु गएमा त्यस दिनदेखि आफु आफु नरहने र दुइ लिंगे मानिस बन्ने उनले चिन्ता व्यक्त गरेका छन् । आफ्नो ७६ पेजको आत्मकथामा उनले दुइवटा लिंग भएर बाँच्नुका फाइदा बेफाइदका बारे पनि व्याख्या गरेका छन् ।
 
डेलीमेलले अमेरिकामा हरेक साठी लाख पुरुषमा एक जना पुरुषको जन्मिँदै दुइवटा लिंग हुने गरेको उल्लेख गरेको छ । त्यसलाई आधार मान्ने हो भने पनि उनी साठी लाख पुरुष मध्ये एक हुन् ।
 
समाचारमा उल्लेख गरे अनुसार उनी जन्मिनुभन्दा अगाडि उनकी आमाका दुइवटा बच्चा खेर गएको हुँदा त्यसरी लिंग काटेर फ्याँक्दा तेश्रो छोरा पनि मर्ने डरले ती आमाले छोराको लिंग च्छेदन गरिनन् । आमाले आफ्नो लिंग काटेर नफ्याँकिदिएको र दुइवटै लिंग रहन दिएकोमा उनले गर्व गरेका छन् ।
 
ती युवाका अनुसार उनका अण्डकोष अरु पुरुषकै जस्तै दुइवटा नै छन् । तर अण्डकोषबाट दुइ वटा लिंग पलाएका छन् । दुवै लिंग बराबर मात्रामा उत्तेजित हुने र दुवैले यौन सम्पर्क गर्न सकिने उनले खुलासा गरेका छन् । आफुले एउटै समयमा एउटा लिंग उत्तेजित गराउन सक्ने र अर्को लिंगबाट पिसाब फेर्न सक्ने दाबी समेत गरेका छन् ।
 
अझ रोचक कुरा त उनका दुइ लिंगमध्ये एउटा लिंगको कार्य प्रकृति महिला गुप्तांग जस्तै छ । अर्थात् उनको एउटा लिंग लिंगजस्तै र अर्को लिंगको काम योनीजस्तै छ । कुनै समय उनी एकैपटक एक जना महिला र एकजना पुरुषसँग यौन सम्बन्ध राख्थे ।