Trending :
 

साफ सुजुकी कपका लागि नेपाली टोली घोषणा

भाद्र १२,२०७५

-

 
 भदौ १२ , २०७५ काठमाडौं ।
 
आगामी माघ १९ गतेदेखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
 
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बिराज महर्जनको कप्तानीमा २० सदसीय नेपाली टोलीको घोषणा गरेको हो।
 
नेपाली टोलीको कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २९ सदस्यीय टोलीबाट अन्तिम खेलाडीको छनोट गरेका हुन्।
 
नेपाली टोली :
 
गोलकिपर: किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने
डिफेन्स : दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल
मिडफिल्ड : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट
छनोट गरेको टोलीमा निराजन खड्का र सुमन अर्याल टिममा स्थान बनाउदा जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठ बाहिरिएका छन्।    
 
भदौ ३० सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले पाकिस्तानसँग भदौ १९ गते खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ। दोस्रो खेलमा भुटानसँग भदौ २१ मा खेलेको नेपालले आयोजक बंगलादेशसँग भदौ २३ गते खेल्नेछ।
 
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह बी मा साविक बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन्।