Trending :
 

बलिउड अभिनेता अर्जुन कपुर के गर्दैछन् पोखरामा ?

भाद्र १२,२०७५

-

१२ भदौ, २०७५ काठमाण्डौ l
 
 
बलिउडका चर्चित अभिनेता अर्जुन कपुर यतिबेला पोखरामा चलचित्र ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङमा व्यस्त छन् ।
 
सोमबार नेपाल आइपुगेका उनी सोही दिन बुद्ध एयरको विमानबाट पोखरा पुगेका हुन् । चलचित्र ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङका लागि अर्जुन नेपाल आएका हुन् । उनी उक्त फिल्ममा हरियाणा पुलिसको ३० वर्षे अफिसरका भूमिकामा देखिँदैछन् ।
 
सुटिङका लागि उनीसँगै नायिका परिनीति चोपडा पनि नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्ममा आफूले नयाँ भूमिका निर्वाह गर्न लागेका कारण आफू उत्साहित भएको अर्जुनले बताएका छन् ।
 
भारतको दिल्लीको सुटिङ सकेर नेपाल आएको ‘इण्डियाज मोस्ट वान्टेट’को नेपालको पोखरा र त्यसआसपासका केही स्थानका समेत सुटिङ हुने भारतीय सञ्चारमध्यमले जनाएका छन् । फिल्मको निर्देशन राजकुमार गुप्ताले गर्दैछन् ।
 
अर्जुनको नेपाल बसाइको अवधि नखुलाइएको भए पनि उनी फिल्मको सुटिङ अवधिभर नेपाल रहने जनाएको छ । फिल्ममा उनी भारतबाट फरार अभियुक्तको खोजीमा नेपाल आएको बताइएको छ ।