Trending :
 

अमेरिकाले रुसविरुद्धको नीति जारी राखे सिरियामा परमाणु हमला गर्ने धम्की

भाद्र १३,२०७५

-

१३ भदौ, २०७५ काठमाण्डौ l 
 
 
रुसले अमेरिकालाई मस्कोमाथिको प्रतिबन्ध जारी राखे सिरियामा आणविक हमला गर्ने धम्की दिएको छ । अमेरिकाले रुसको सहन शक्ति पार गरिसकेको भन्दै आफू विरुद्धको नीति अघि बढाइरहेमा रुसले पनि कडा प्रतिउत्तर दिने वरिष्ठ कानुन निर्माणकर्ताले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
 
रुसका अर्थ सचिव भलाद्मीर गुटेनेभले पनि यस मुद्दामा बोल्दै अब रुसले पनि गम्भीर कदम उठाउने समय आइसकेकाले अमेरिका होसियार रहनुपर्ने बताएका हुन् । यस अन्र्तगत रुसले सबैभन्दा पहिले सिरियामा आणविक मिसाइल प्रयोग गर्ने, प्रतिबन्धित हातहतियार बिक्री गर्ने र अमेरिकासँगका सबै सम्झौता समेत रद्द गराउन सक्ने उनले बताए । 
 
अमेरिकाले खुलेआम रुसलाई निरन्तर दबाब दिइरहेकाले अब त्यसको परिणाम पनि उत्तिकै भयानक हुने उनको भनाइ छ । त्यसकारण रुसले पनि अमेरिकाकै तरिका अपनाएर अन्य देशमा आफ्ना मिसाइल र हतियारहरु तैनाथ गराउन सक्ने उनले बताएका हुन् । वास्तवमा शनिबार मात्र अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले रुसलाई सिरियामा कुनैपनि लापरबाहीपूर्ण कदम नउठाउन भन्दै धम्की दिएका थिए । 
 
यसका साथै उनले बेलायतमा खुफिया एजेन्टमाथि गरेको रासायनिक हतियारको प्रयोग गर्न बन्द नगरेमा पनि अमेरिकाले रुसविरुद्ध सिधै राष्ट्रपति बसर अल अस्सदलाई निशाना बनाउन सक्ने बताएका थिए । 
 
यसैको आरोपमा अमेरिकाले केही दिन अगाडि मात्र रुसमाथि नयाँ प्रतिबन्ध जारी गरेको हो । यसैको प्रतिक्रियामा रुसबाट यस्तो बयान आइरहेको बताइएको छ । अमेरिकाले भने रुसले हतियार सम्बन्धी सम्झौता उल्लंघन गरिरहे प्रतिबन्ध थप गर्दै जाने अडान लिएको छ ।