Trending :
 

जापानद्वारा अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग

भाद्र १३,२०७५

-

१३ भदौ, २०७५ एजेंसी l 
 
 
 
काबुल । जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ । 
 
जापान सरकारले अफगनिस्तानमा मातृशिशु स्वास्थ्य कार्यक्रमको लागि युनिसेफमार्फत यो रकम उपलब्ध गराइएको हो । यस सहयोगबाट अफगान आमा र बालबालिकाको स्वास्थ्य, कुपोषण, शुद्ध पानी जस्ता विषयमा ठूलो सहयोग हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 
जापानको यस सहायताबाट अफगानिस्तानका ३४ वटा प्रान्तमा आमा र शिशुको आधारभूत स्वास्थ्य सेवामा सहयोग पुग्नेछ । जापानले गरेको यो पछिल्लो सहयोगमा ५२ लाख आमा र शिशुलाई फाइदा हुने जानकारी दिइएको छ । युनिसेफका अनुसार, २१ लाख गर्भवती र ३१ लाख बालबालिकाले यस सहयोगबाट लाभ उठाउन सक्नेछन् ।