दक्षिण भारतीय सुपरस्टार प्रभासले यसै वर्ष बिहे गर्ने
-
१३ भदौ, २०७५ एजेंसी l
चर्चित दक्षिण भारतीय सुपरस्टार प्रभास बिहेको प्रश्नले सधैँ घेरिन्छन् । पछिल्ला वर्षमा धेरै अभिनेत्रीसँग उनको नाम जोडिएको थियो । यद्यपि, उनले कहिल्यै आफ्नो निजी जीवन र प्रेम प्रसंगमा बोलेनन् ।
यसपटक फेरि प्रभासको विवाहको चर्चा चलेको छ । भारतीय सञ्चारमाध्यममा आएको समाचारलाई मान्ने हो भने ‘साहो’ फिल्म रिलिज भएपछि उनी बिहे गर्नेछन् । यस फिल्ममा प्रभाससँगै श्रद्धा कपुर, नितिन मुकेश, चंकी पाण्डे र ज्याकी श्राफको अभिनय छ ।
‘साहो’मा श्रद्धा कपुर प्रभासको जोडी बनेकी छिन् । तर, फ्यानहरूलाई प्रभासको वास्तविक जीवनकी जोडी को हुन् भन्ने चासो छ । केही समयअघि प्रभास र अनुष्का सेट्टीले बिहे गर्ने समाचार भाइरल भएको थियो । तर, दुबैले उक्त समाचार आधारहीन भएको बताइसकेका छन् ।
मिडियाका अनुसार प्रभासको परिवारले बिहेको मिति पनि तय गरिसकेको छ । तर, दुलहीको नाम र विवाहको मिति दुवै गोप्य राखिएको छ ।