शिल्पीमा मुनामदन मंचन हुँदै
-
१३ भदौ, २०७५ काठमाण्डौ l
महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित नाटक बुधबारबाट शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । विराटनगरको विराट आदर्श साहित्य मञ्चले शिल्पीमा सो नाटक मञ्चन गर्न लागेको हो ।
मुनामदनलाई यसअघि पनि मञ्चले विराटनगरमा प्रदर्शन गरिसकेको छ । देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ १३ देखि २६ भदौसम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदै छ । केन्द्रबाहिर पनि उत्कृष्ट नाटक प्रदर्शन हुन सक्छ र कलाकार छन् भन्ने उदाहरण दिन काठमाडौंमा मञ्चन गर्न लागिएको मञ्चका अध्यक्ष दीपक कटवालले बताए ।
मुनामदन संवादको रूपमा पहिलोपटक नाकटमार्फत देखाइएको हो । नाटक प्रत्येक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त सो दिउँसो १ बजे पनि हुने आयोजकले जनाएको छ ।
मुनामदनको नाट्य रूपान्तरण तथा संवाद लेखन युवा साहित्यकार दीपक कटवालले गरेका हुन् भने सविन कट्टेलले निर्देशन गरेका छन् । नाटकमा निर्देशक सविन र दीपा पोखरेल मुख्य भूमिकामा हुनेछन् । जिना राई, लकेश राई, एन्जन पौडेल, पवित्रा खड्कालगायतले नाटकमा अभिनय गर्नेछन् ।