Trending :
 

यहाँ हुन्छ क्रूर मामा कंसको पूजा !

भाद्र १३,२०७५

-

१३ भदौ, २०७५ काठमाण्डौ l 
 
 
मथुराका राजा कंस क्रूर शासक थिए । प्रजामाथि अत्याचार गर्ने र विरोधीमाथिको दमनको उसको शासनको शैली थिए । कंस पूर्णरुपमा आत्मकेन्द्रित थिए जसका कारण उनले आफ्नो बुवा, बहिनी तथा ज्वाइंलाई पनि जेलमा हालेका थिए । 
 
सत्ता हासिल गर्नका लागि कंसले आफ्नो बुबालाई बन्दी बनाए । देवकी तथा वसुदेवको विवाहको समयमा भएको भविष्यवाणीका अनुसार देवकीको आठौं सन्तान नै मृत्युको कारण बन्ने थियो । जसका कारण आफ्नी बहिनी जसलाई निकै माया गर्दथ्यो उनलाईसमेत कैदमा राख्यो । 
 
तर नियतीले पहिल्ये नै निर्धारण गरे अनुसार नै सबै भयो । देवकी तथा वासुदेवको आठौं सन्तानको रुपमा नै भगवान विष्णुले अवतार लिए तथा कृष्णको रुपमा मोहक अवतारमा उनले दुराचारी कंसको अन्त गरेका थिए ।
 
कंसलाई चिन्दा अत्याचारी, दुराचारी, शोषक जस्तो विशेषण जोडिएको छ तर यसका बावजूद पनि कंसको पूजा हुँदै आएको छ । भारतको लखनऊ को हरदोइ तर्फ जाँदै गर्दा एक ठूलो मुर्ति देख्न पाइन्छ । तपाईले यति ठूलो मुर्ति दूराचारीका रुपमा व्याख्या गरिएका कंसको हो भन्ने अनुमान नै गर्न सक्नु हुन्न ।
 
स्थानीय मानिसका अनुसार पीढि दरपीढि देखि कंसको मूर्तिको पूजा भइरहेको छ । जुन परम्परा आज पनि जारी छ । 
 
यो पनि पढ्नुहोस्- भगवान श्रीकृष्ण र अर्जुनबीच भएको थियो भीषण युद्ध !