बैशाख २४,२०७४
-
वैशाख २४ –
बार्सिलोनाका लिओनल मेस्सीले दुई गोलको मदतमा बार्सिलोनालाई भिल्लारियल विरुद्ध जित दिलाएका छ ।
साथै मेस्सी यो सिजनको युरोपेली लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बन्न पुगेका छन् ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
बार्सिलोनाले २१ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । तर, ३२ औं मिनेटमा भिल्लारियलले बराबरी गोल गर्यो । पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । उनले भिलारियलविरुद्ध ४५ औं मिनेटमा गरेको पहिलो गोल नै यस सिजनको ५० गोल बन्न पुग्यो ।
खेलको ६९ औं मिनेटमा लुइस स्वरेजले गोल गरे भने ८२ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना ४-१ ले विजयी भएको छ ।
उनले यो सिजन ४९ खेल खेल्ने क्रममा ५१ गोल गरिसकेका छन् । मेसीको स्पेनिस ला लिगामा भने ३५ गोल पुरा भएको छ । उनले च्याम्पियन्स लिगमा ११ गोल गरेका थिए, जुन बार्सिलोना प्रतियोगिताबाट बाहिरिए पनि अहिलेसम्म अग्रस्थानमै छ ।
जितपछि बार्सिलोनाको ३६ खेलबाट ८४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ८४ अंक नै छ । तर, उपाधि रियलकै हातमा छ ।
उसले अझै एक खेल कम खेलेको छ । अब बार्सिलोनाले लस पल्मास र एइबरसँग खेल्न बाँकी छ भने बार्सिलोनाले सेभिल्ला, सेल्टाभिगो र मालागासँग खेल्न बाँकी छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार