Trending :
 

असोज अन्तिममा फेसन विक

भाद्र १४,२०७५

-

१४ भदौ, २०७५ काठमाण्डौ l 
 
 
‘द फेसन विक नेपाल २०१८’ आयोजना हुने भएको छ । आउँदो असोज अन्तिममा हुने फेसन विकमा नयाँ मोडललाई पनि अवसर दिने उद्देश्यले अडिसन भइरहेको आयोजकले जनाएको छ । फेसन हब नेपाल र उत्तम क्रिएसनको आयोजनामा फेसन विक हुन लागेको हो ।
 
फेसन विकमा नेपाली अभिनेता-अभिनेत्री तथा नयाँ मोडल गरी करिब ४० जना र्‍याम्पमा उत्रिने फेसन डिजाइनर उत्तम बनेपालीले बनाए ।
 
तीन दिन हुने फेसन सोमा कलाकार तथा मोडलहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन डिजाइनरबाट निर्मित पहिरन रनवेमा प्रस्तुत गर्नेछन् ।
 
मौलिक डिजाइनलाई फ्युजन बनाएर प्रस्तुत गर्ने बनेपालीले बताए । विकका लागि केही नयाँ मोडल छनोट गरिएको र थप आउँदो शनिबारको अडिसनबाट छनोट गरिने बताइएको छ ।