Trending :
 

‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर रिलिज

भाद्र १४,२०७५

-

१४ भदौ, २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । नेपाली कथानक चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर रिलिज भएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रको ट्रेलरमा रोमान्स र द्वन्द्वको फ्युजन देखिन्छ । 
 
रेनशा बान्तवा राईले निर्देशन गरेको चलचित्रमा साम्राज्ञीको अपोजिटमा धिरज मगरले अभिनय गरेका छन् । ‘इन्टु मिन्टु लण्डनमा’ असोज ५ गते रिलिज हुँदैछ ।