Trending :
 

जगन्नाथपुरीमा छ भगवान् कृष्णको मुटु, हेर्ने मानिसको जान्छ ज्यान !

भाद्र १४,२०७५

-

१४ भदौ, २०७५ काठमाण्डौ l 
 
 
भगवान् विष्णुका अवतार श्रीकृष्ण मानवजातिको उद्धारका लागि मनुष्य रूप लिएर धर्ती आउनुभएको पौराणिक मान्यता छ । दैत्यनाश र भक्तउद्धार लीलापटि भगवान् श्रीकृष्ण संसारबाट बिदा हुनुभयो ।
 
भगवान् वैकुण्ठ फर्किनुभएपछि उहाँको शरीर अग्निदेवतालाई समर्पित गरियो तर उहाँको मुटु अहिले पनि धर्तीमै रहेको मानिन्छ । भारतको उडिसा राज्यमा रहेको जगन्नाथपुरी धाममा भगवान् श्रीकृष्णको मुटुलाई सुरक्षित राखिएको छ । पौराणिक कथाअनुसार, श्रीकृष्णको शरीरलाई पाण्डवहरूले दाहसंस्कार गर्दा पूरा शरीर त खरानी भयो तर मुटु जलिरह्यो । 
 
त्यो देखेपछि पाण्डवहरूले मुटुलाई पानीमा प्रवाहित गरेका थिए । पानीमा पर्नेबित्तिकै मुटु काठको टुक्रा बन्यो । मुटु प्रवाहित हुँदै जाँदा राजा इन्द्रद्रुमकहाँ पुग्यो । ती राजा भगवान् जगन्नाथका परम भक्तमध्ये एक थिए, त्यसैले उनले मुटुलाई जगन्नाथजीको मूर्तिभित्र राखे ।
 
त्यस समयदेखि अहिलेसम्म जगन्नाथजीको मूर्तिभित्रै श्रीकृष्णको मुटु छ । हरेक १२ वर्षमा जगन्नाथजीको मूर्ति परिवर्तन गरिन्छ तर कसैले पनि मुटु हेर्न पाउँदैन । मूर्ति बदल्ने पुजारीको आँखामा पट्टी बाँधिएको हुन्छ । पण्डितले नयाँ मूर्तिमा मुटु राखिदिन्छन् ।  
 
यो क्रियाको बेलामा जगन्नाथपुरीमा बिजुली काटिन्छ र कसैले पनि हेर्न नमिल्ने बनाइन्छ । यो मुटु हेर्ने मानिसको मृत्यु हुने विश्वास छ ।  
 
 यो पनि पढ्नुहोस्- भगवान श्रीकृष्ण र अर्जुनबीच भएको थियो भीषण युद्ध !