बैशाख २४,२०७४
-
वैशाख २४ –
‘ग्याङ्गस्टर ब्लूज’को टिजर शनिबार रिलिज भएको छ ।
हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लूज'को टिजरमा आशिरमान देशराज जोशी, आना शर्मास, संयम पुरी र रोजिशा शाही ठकुरी देखिएका छन् ।
टिजरमा आशिरमान आनामा ग्याङस्टर लुक्समा देखिएका छन्।
निर्माण घोषणाको समयदेखि नै उदयीमान प्रतिभाको रुपमा देखिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ । फिल्मभित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अवतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ ।
सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केहि हप्ता पहिले मात्रै नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो ।
शैलेन्द्र डी कार्कीले खिचेको 'ग्याङ्गस्टर ब्लूज' फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।
उक्त टिजरलाई करिब १ लाख ५० हजारले हेरिभ्याएका छन् ।
भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो ।
प्रमुख समाचार