बैशाख २४,२०७४
-
वैशाख २४ –
नेपाली खेलाडी अशोक खड्काले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । गोल्डकोस्टको करारा रंगशालामा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा अशोकले शनिबार स्वर्ण जितेका हुन् ।
१४ राष्ट्रका १४ खेलाडी सहभागी भएको उक्त प्रतियोगितामा अशोकले सबै प्रतिद्वन्द्वीलाई पछि पर्दै १० पूर्णाङ्कमा सर्वाधिक ९ दशमलव १६ अंक ल्याएका हुन् । न्युजिल्यान्ड र आयोजक राष्ट्र अस्ट्रेलियाका खेलाडी क्रमशः दोस्रो र तेस्रो भएका थिए ।
सो प्रतियोगितामा नेपालबाट सहभागी हुने अशोक एक्ल खेलाडी हुन् । आयोजक गोल्डकोस्टले अशोककै नेतृत्वमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) लाई सहयोगस्वरूप १० थान किक प्याडसमेत उपलब्ध गराएको खड्काले बताएका छन् । प्रतियोगितामा भाग लिनुअघि सिड्नीमा भएको क्योरोगी सेमिनारमा पनि अशोक सहभागी भएका थिए ।
अशोक १२ मे मा स्वदेश फर्कने कार्यक्रम छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार