Trending :
 

‘रोज’ मुख्य शहरमा पुग्दै

भाद्र १५,२०७५

-

१५ भदौ, २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । ‘रोज’ले पोखरादेखि नेसनल टुर थालेको शुरु गरेको छ । विहीबार पोखरामा प्रेसमिट र कन्सर्ट आयोजना गरेर ‘रोज’ले आफ्नो प्रचार शुरु गरेको हो । 
 
अभिनेता प्रदीप खड्का अभिनेत्री द्वय मिरुना मगर र परमिता राणा गायक प्रताप दास लगायत टुरमा सहभागि छन् । पत्रकार सम्मेलनमा अभिनेता खड्काले आफू पहिलोपटक रोमान्टिक जानराबाट पर हटेर थ्रीलरमा काम गरेको बताए ।  
 
अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक रहेको पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । आफ्नो जीवनको नजिक रहेको चरित्रमा ‘रोज’ काम गरेको उनले बताइन् । 
 
अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्न निकै सहज भएको बताइन् । प्रदीपलाई आफूले सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले चलचित्रको चर्चित गीत ‘फूल हैन ।’ गीत कन्सर्टमा गाएका थिए । 
 
पोखरापछि ‘रोज युनिट बुटवल, नारायणगढ, धरान, इटहरी हुँदै बिर्तामोड पुगेर सकिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।