माइकल ज्याक्सनको नृत्य कपी गर्ने बलिउड स्टार
-
१५ भदौ, २०७५ काठमाण्डौ l
पपस्टार माइकल ज्याक्सन भौतिक रूपमा संसारबाट बिदा भइसकेका छन् । तर, उनको गीत र नृत्य सधैँ चर्चाको विषय बन्ने गरेको छ । पश्चिमेली नृत्य सिक्नेहरू अहिले पनि माइकल ज्याक्सनले जस्तै नृत्य गर्ने चाहना राख्छन् । यति मात्र होइन, बलिउडका केही स्टारले आफ्ना फिल्ममा माइकलको जस्तै नृत्य गरिसकेका छन् । अगस्ट २९ माइकल ज्याक्सनको जन्मदिन हो । उनी बाँचेका भए आज ६० वर्षका हुन्थे । केही बलिउड स्टार जसले माइकल ज्याक्सन जसरी नृत्य गरेर चर्चामा आए ।
टाइगर श्राफ
बलिउड अभिनेता टाइगर श्राफ पपस्टार माइकल ज्याक्सनका ठूलो फ्यान हुन् । टाइगरले त माइकल ज्याक्सनलाई समर्पण गरेर एक डान्स भिडियो पनि बनाएका छन् । यसका साथै सन् २०१७ मा आएको उनको फिल्म ‘मुन्ना माइकल’मा पनि टाइगरले माइकल ज्याक्सनले जस्तै नृत्य गरेर लाखौँ नृत्यप्रेमीको मन जितेका छन् ।
शाहिद कपुर
बलिउड अभिनेता शाहिद कपुरले पनि माइकल ज्याक्सनको डान्स स्टेप आफ्नो फिल्ममा देखाएका छन् । सन् २०१० मा आएको फिल्म ‘चान्स पे डान्स’मा शाहिदले माइकल ज्याक्सनको डान्स स्टेप कपी गरेका छन् ।
ऋतिक रोशन
ऋतिक रोशनका फिल्म हेर्ने दर्शक उनको नृत्यका कारण आफैँ नृत्य गरिहेझैँ महसुस गर्छन् । उनले केही फिल्म र गीतमा माइकल ज्याक्सनको डान्सका स्टेप अपनाएका छन् । उनले ती स्टेप सुन्दर ढंगले कपी गरेका छन् । चाहे ‘केजी ४’ गीत होस् या फिल्म ‘ब्यांग ब्यांग’को शीर्ष गीत । ऋतिकले लगभग सबै गीतको स्टेपमा माइकल ज्याक्सनको स्टेपको सुन्दर कपी गरेका छन् ।