Trending :
 

आर्थिक प्रसङ्ग

सुर्खेतमा सुविधा सम्पन्न होटल संचालनमा

बैशाख २४,२०७४

-

२४,वैशाख-

सुर्खेतमा सुविधा सम्पन्न होटल संचालनमा आएको छ। जिल्ला स्थित रारा र फोक्सुन्डो ताल पर्यटकको रोजाईमा पर्ने गरे पनि पूर्वाधार र व्यवस्थापन नभएर ओझेलमा परेको गुनासो आइरहेको समयमा कर्णालीका पर्यटकीय गन्तव्यका यात्रुहरुलाई सेवा दिने भन्दै उक्त होटेल सन्चालनमा ल्याइएको हो I

 

त्यसैगरी संचालक पदम शाहीका अनुसार संचालित होटेलको नाम शुभ होटेल राखिएको छ भने लगानी २७ करोड रुपैयाँ रहेको छ Iशाहीसहित सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती र उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानीमा शुभ होटल संचालनमा आएको हो।

 

होटलमा ६० डिलक्स रुम, स्वीट रुम १३, रेष्टुरेन्ट, बार, सेमिनार हल र बैठक हल गरी ५ वटा, एकसय जति गाडी पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्ट तथा स्वीमिङ्ग पुल लगायतका सुविधा रहको संचालक शाहीले बताए।

यसैगरी होटलमा आउने पाहुनाको आग्रहमा मध्यपश्चिमका पर्यटकीय स्थल रारा ताल, फोक्सुण्डो ताल, हुम्ला हुँदै मानसरोबर लगायतका पर्यटकीय स्थलमा आवतजावतको समेत ब्यबस्थापन गर्ने योजना रहेको संचलाक शाहीले बताए।

 

त्यस्तै ‘निमार्णको लगभग सबै काम सकिसक्यो, अब फिनिसिङको काममात्र बाँकी रहेकाले चाँडै नै संचालनमा आउँछ’ उनले भने। सुर्खेतबाट रारा, फोक्सुन्डो लगायतका स्थानहरुमा जानको लागि ट्रेकिङको व्यवस्था पनि होटलबाट गर्ने शाहीको योजना छ।