महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ?

भाद्र १५,२०७५

-

१५ भदौ, २०७५ काठमाण्डौ l 
 
 
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ । 
 
तर एक सवाल उठ्ने गरेको छ कि यदी हजारौं वीर योद्धाहरुको मृत्यु भएको थियो भने उनीहको शवको अंतिम संस्कार कसरी भएको थियो ?
 
श्रीरामले रामसेतु को निर्माण गराएका थिए । यसको तथ्य साक्षीको रुपमा वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाएका छन् । तर महाभारत को त्यो भीषण युद्ध साचिनै लडिएको थियो भन्ने यसको कुनै प्रमाण आजसम्म हासिल भएको छैन ।
 
कुरुक्षेत्रको युद्ध मा मारिएका सैनिकंर योद्धाहरुको शव या अस्थियां यसकारण हासिल भएन किनकी आजकलको जस्तो मारिएका दुश्मनको शवमाथि दुव्र्यवहार गरिन्छ पहिलो यस्तो हुँदैन थियो । 
 
महाभारत को युद्ध दिन सकिएसँगै रोकिने गरेको थियो । र, जो जो युद्धमा मारिएका थिए उनीहरुको शवलाई अन्तिम संस्कार गरिने गरिएको थियो या परिवारलाई जिम्मा लगाइन्थ्यो । 
 
अमल नंदन, जसले कुरुक्षेत्र को पौराणिक इतिहास बारे विस्तृत अध्ययन गरेका छन् उनी भन्छन्, ‘उत्तरायणको त्यो दिन जब भीष्म पितामाहले आफ्नो अन्तिम सास लिएका थिए । त्यस दिन युद्ध समाप्त भएसँगै कुरुक्षेत्र को भूमिलाई जलाइएको थियो । यस्तो यसकारण गरिएको थियो कि हरेक मृत योद्धाले स्वर्गमा स्थान बनाउन सकुन् ।’
 
महाभारतका युद्धमा धेरै कुरा भएका थिए जसलाई विश्वास गर्न कठिन छ । शायद यही कारण आज पनि धेरै मानिस कल्पनाको रूपमा लिन्छन् ।
 
यो पनि पढ्नुहोस्- आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, महाभारतको रोचक कथा