Trending :
 

‘मिस ब्लयाक युनिभरसिटि अफ टेक्सस’ ब्लयाक नभएकै कारण विवादमा

बैशाख २४,२०७४

-

वैशाख २२

‘मिस ब्लयाक युनिभरसिटि अफ टेक्सस’की विजेता अहिले विवादमा परेकी छन् । उपाधिको नाम मिस ब्लयाक युनिभरसिटि भए पनि उनि ब्लयाक अर्थात काली नभएकै कारण विवादमा परेकी हुन्   ।

कप्पा अल्फा सीले आयोजना गरेको ‘मिस ब्लयाक युनिभरसिटि अफ टेक्सस’को उपाधि आइतबार राचेल मालोंसन(२२) ले प्राप्त गरेकी हुन् । मालोंसन जसका पिता काला वर्गका छन् र आमा गोरी छिन्; र उनि आफु गोरी भएका कारण विवादमा परेकी हुन् ।

सामाजिक संजालमा उनको चर्को आलोचना भएको छ ।

टुइटरमा मानिसहरुले यसरी आलोचना गरे : “उनले उक्त उपाधि जित्नु हुदैनथ्यो थियो किनकि उनि अफ्रिकन अमेरिकनको प्रतिनिधित्व नै गर्दिनन्  ।”

यस्तै अन्य व्यक्तिहरुले लेखे, “के यो जोक हो?”, “मलाई लग्छ सायद उनले कालो वर्णका मान्छे भनेका कस्ता हुन्छन् र उनिहरुको भोगाई के हुन्छ थाहाँ नै पाएकि छैन ।“, आदि ।

यस्ता आलोचना पईरहेकी मालोंसनले उपाधि पाए पश्चात फेसबुकमा यस्तो लेखिन्, “म गहुगोरी भएको हुँदा मैले यो प्रतियोगितलाई एउटा चुनौतीको रुपमा लिए र यस प्रतियोगितबाट बाहिरिन चाहिंन किनकी मलाई आफु र आफ्नो भगवान क्रिष्ट माथि पुर्ण विश्वास थियो ।” ­­­­­  

उनले सामाजिक संजालमा भएका विवादले आफ्नो अवास्मरणीय क्षण खराब बनाउन नचाहेको बताउदै यस्तो बताउइन् , “म काली छैन यसर्थ मेरो लागि प्रत्यक दिन एउटा चुनौती हो । तर मेरो लागि यो उपाधि जित्नु साँचीकै खुशीको कुरा हो ।”