ब्राजिलका पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने
-
१७ भदौ, २०७५ एजेन्सी l
साओ पाउलो । ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा. सिल्भालाई निर्वाचन लड्न प्रतिबन्ध लगाइएको छ । ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उनलाई दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय सुनाएको अधिकारीले जनाएका छन् ।
आउदो अक्टोबरमा हुने तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उनले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरङ्ग फैलिएको छ ।
पूर्वराष्ट्रपति ७२ बर्षीय लुलालाई भ्रष्टाचारको आरोप लगाइएको छ भने, त्यही आरोपका कारण उनलाई निर्वाचन लड्न प्रतिवन्धल लगाइएको हो । उनको पार्टीले यही अगष्ट १५ मा उनलाई राष्ट्रपतिको रुपमा उम्मेदवारी दर्ता गराएको थियो ।
ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश ब्राजिलमा उनी निकै लोकप्रिय नेता मानिन्छन् ।
सन् १९४५ को अक्टोबर २७ मा लुला ब्राजिलको गरिव किसान परिवारमा जन्मिएका थिए ।
उनी १४ वर्षकै उमेरमा मेटल वर्कस युनियनको अध्यक्ष बनेका थिए भने सन् २००३ मा ब्राजिलको पहिलो बामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।