Trending :
 

कोर्टनी कादर्सियन हट अवतारमा

भाद्र १७,२०७५

-

१७ भदौ, २०७५ एजेंसी l
 
अमेरिकी टेलिभिजन प्रस्तोता कोर्टनी कादर्सियनका फोटाहरू यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तीन सन्तानकी आमा कोर्टनी फोटोमा निकै हट देखिएकी छिन् ।
 
उनले मेक्सिकोमा आफ्नो बिदा मनाउने क्रममा सुट गरेका फोटाहरू सामाजिक सञ्जालमा छाएका हुन् । आफ्ना साथीहरू अमान्डा ली, स्टेफानी सेफर्ड, सराह होवार्ड र ह्रुस अचिम्येनसँग उनी छुट्टी मनाउन समुद्री किनारमा पुगेकी हुन् । किम कादर्सियनकी ३९ वर्षीया दिदी कोर्टनीले केही समयअघि मात्रै टपलेस फोटो सेयर गरेकी थिइन् ।
 
यस्तो लाग्छ, पूर्वप्रेमी युनेस बेन्डजिमासँगको प्रेमसम्बन्ध टुंगिए पनि उनी आफ्नो जीवनकै अत्यधिक खुसीको समय बिताइरहेकी छिन् । स्रोतका अनुसार केही समय तनावमा भए पनि अहिले उनी निकै खुसी छिन् । युनेस बेन्डजिमासँग दुईवर्षे प्रेमसम्बन्धमा रहनुअघि स्कट डिसिकसँग कोर्टनीको सम्बन्ध थियो । स्कट र उनका तीन छोराछोरी छन् ।