बैशाख २४,२०७४
-
२४,वैशाख-
साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। २४ अंकले ओर्लिएर नेप्से १६ सय २८ अंकमा कायम भएको छ।
यस दिन ६९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भयो। उत्पादन समूह ५ अंकले बढ्यो भने अन्य समूह नगन्य अंकमा हरियो रहयो। बैंकिङ २७, होटल २३, विकास बैंक २२, जलविद्युत ३१, फाइनान्स १० र बिमा समूह ११२ अंकले झरेका छन्।
कारोबार रकमा आधारमा एसबिआई बैंक अगाडि रह्यो। सो बैंकको ६ करोड २१ लाखको सेयर कारोबार भयो भने मूल्य घटेर प्रतिकित्ता १४ सय कायम भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड १४ लाखको कारोबार हुँदा मूल्य घटेर प्रतिकित्ता ७ सय ६० कायम भएको छ।
प्रभु बैंक, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सनराइज बैंकको २–२ करोडभन्दा बढीको कारोबार भयो। सहारा विकास बैंकका लगानीकर्ताले १० र मेरो माइक्रोफाइनान्सकाले ८ प्रतिशत नाफा कमाए। मूल्य बढेका अरु कम्पनीको २ प्रतिशतभन्दा तल नै खुम्चियो।
नयाँ नेपाल लघुवित्तको मूल्य ९ प्रतिशतले घटेको छ। किसान माइक्रो र सिन्धु विकास बैंक पनि गुमाउनेमा अगाडि देखिए।
प्रमुख समाचार