बैशाख २४,२०७४
-
वैशाख २४ -
म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोबिच बेलायतका धनी खेलाडीको सूचीमा प्रवेश गरेका छन् । यसै सिजन प्रिमियर लिग क्लब आएका स्वीडिस स्ट्राइकर बेलायतबाट खेल्ने खेलाडीमध्ये धनीको सूचीमा दोस्रो स्थानमा परेका हुन् ।
बेलायतको पत्रिका ‘सन्डे टाइम्स’ले प्रकाशित गरेको बेलायतका धनी खेलाडीको सूचीमा पहिलो स्थानमा फरमुला वान विश्व च्याम्पियन लुइस हेमिल्टन छन् ।
उनीसँग १ सय ३१ मिलियन पाउन्ड स्ट्रर्लिङ बराबरको सम्पत्ति रहेको उक्त पत्रिकाले दाबी गरेको छ ।
इब्राहिमोबिच भने ११० मिलियन पाउन्ड स्ट्रर्लिङका साथ दोस्रो स्थानमा छन् ।
प्रख्यात फूटबलर वाइन रुनी ९३ मिलियन पाउन्ड स्ट्रर्लिङका साथ तेस्रो स्थानमा छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार