धृतराष्ट्रको एकसय दुई संतान कसरी भए ? महाभारतको रोचक कथा

भाद्र १८,२०७५

-

१८ भदौ, १०७५ काठमाण्डौ l

तपाईंहरु सबैलाई यो सुनेर आश्चर्य हुन्छ होला कि एउटै आमाको एकसय एक सन्तानहरु कसरी हुन सक्छन ? माता गांधारी एवं धृतराष्टको एकसय एक सन्तानहरु थिए जसलाई महाभारतकालमा ‘कौरव’ भनिन्थ्यो l आउनुहोस् पढौं यस कथा पछाडीको पूरा रहस्य-

गांधारी जो कि गंधार नरेशकी पुत्री थिइन् l गांधारीले बाल्यकालदेखि नै शिवभक्तिमा आफ्नो मनलाई लागयएकी थिइन् l जसको फलस्वरूप भगवान शिवले उनलाई एकसय पुत्रहरुको माता बन्ने आशिर्वाद प्रदान गरे l गांधारीको विवाह विचित्रवीर्यको पुत्र धृतराष्ट्रसंग गरियो जो कि जन्मदेखि नै नेत्रहीन थिए l

धृतराष्ट्रको इच्छा थियो कि उनकि पत्नी नेत्रवाली होऊन् ताकि उनि उनको आँखाबाट यस संसारलाई हेर्न सकून् तथा राज्य सम्हाल्न सकून् l तर अकस्मात पितामह भीष्मद्वारा आफ्नो विवाह हस्तिनापुरको युवराज धृतराष्ट्रसंग हुने भयो भन्ने जानी विवाहपूर्व नै आफ्नो पतिधर्मलाई सर्वोपरी राखी आफ्नै आँखामा जीवनभरका लागि पट्टि बाँधी प्रतिज्ञा गरिन् l जसको कारण धृतराष्ट्र धेरै नै क्रोधित भए, किनकि यसै कारण धृतराष्ट्रलाई हस्तिनापुरको राजा बनाइएन l

आफ्नो क्रोधको कारण धृतराष्ट्रले गांधारीलाई आफ्नो समीप आउन नदिने फैसला गरे l यस घटनालाई जानिसके पछी शकुनी जो कि गांधारीको भाई थियो, उसले धृतराष्ट्रलाई शिवजी को वरदानको बारेमा बताए, र भने कि तपाईंको पुत्रले नै तपाईंको स्वप्न पूरा गर्न सक्छ, र आफ्नो उनानसय भाईहरु भए सम्म ऊ कहिल्यै परास्त पनि हुन सक्दैन l यो सुनी महत्वाकांक्षी धृतराष्ट्रलाई आफ्नो इच्छा पुरा हुने एउटा बाटो देखियो l अतः धृतराष्ट्रले गांधारीलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरे l

यसपछि गांधारीले गर्भधारण गरेको १० महिना भन्दा पनि अधिक भैसकेको थियो तर प्रसव भने भएको थिएन l १५ महिना पछी गांधारीको प्रसवबाट एउटा ठुलो मासुको पिण्ड उतपन्न भयो l जसको कारण माता सत्यवती एवं धृतराष्ट्रले उनलाई धेरै कोसे l रुष्ट धृतराष्ट्रले आफ्नै पत्नीलाई अधिक कष्ट दिने मनसायले उनकै एउटी दासीसंग सहवास पनि गरे l

त्यसै समय महर्षि वेदव्यास हस्तिनापुर आए l यस घटनाको सारा वृतांत सुनी सके पछी उनले भने कि स्त्रीको गर्भबाट एकसय पुत्रहरुको जन्म प्रायः असंभव नै छ, तर भगवान शिवको वरदान व्यर्थ हुन सक्दैन अतः यो मासुको पिण्डमात्रै होइन यसमा गांधारीको एकसय पुत्रहरुको बीज पनि छ l गांधारीले भगवान शिवसंग वरदानमा एक  पुत्रीको पनि कामना गरेकी थिइन्, यस प्रकार उनलाई एकसय एक सन्तानहरुको सौभाग्य प्राप्त छ l

यस पछी महर्षि वेदव्यासले एकसय एक माटोको घैंटोमा गर्भको जस्तै वातावरण निर्मित गरेर त्यस मासुको पिण्डलाई एकसय एक भागमा खण्डित गरि उक्त भाँडामा राखे l कालक्रमले सबै बालकहरु उत्पन्न भए l सबैभन्दा पहिले जुन पुत्रको जन्म भयो उसको नाम दुर्योधन राखियो भने पुत्रीको नाम दुशाला l यसपछी दासीले पनि एउटा पुत्र जन्माइन् l यसरी धृतराष्ट्र एवं गांधारीका संतान एकसय एक एवं दासीबाट एक पुत्र गरी जम्मा एकसय दुईवटा संतानहरु भए l

यो थियो कौरवहरुसंग संबन्धित सत्य l महाभारतको युद्ध धर्मको रक्षाका लागि लडिएको थियो l जसमा कौरव अधर्मी एवं पाण्डव धर्मी थिए l यस महाभारतग्रन्थको रचना महर्षि वेदव्यासले गरेका थिए भने महाभारतको सूत्रधार स्वयं श्रीकृष्ण थिए जसले धर्मको यस लडाईमा पाण्डवहरुको मार्गदर्शन गरेका थिए l   

यो पनि पढ्नुहोस्- आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, महाभारतको रोचक कथा