Trending :
 

अफगानी सशस्त्र सञ्जालका संस्थापक हक्कानीको निधन

भाद्र १९,२०७५

-

१९ भदौ, २०७५ एजेंसी l
 
 
काबुल , आफगानिस्तान सशस्त्र सञ्जालका संस्थापक जलाललुद्यिन हक्कानीको लामो समयको बिमारीपछि निधन भएको छ।
 
अफगानिस्तानका विद्रोही समूह तालिवानले हक्कानीको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। यद्यपी हक्कानीको निधनको बारे पूर्ण विवरण भने प्राप्त भएको छैन। हक्कानी अफगानिस्तान सशस्त्र समूहका महत्वपूर्ण व्यक्ति मानिन्थे। उनी तालिवान र अलकायदा समूहसँग निकट मानिन्थे। 
 
हक्कानी सञ्जाल अफगानिस्तानमा रहेको नाटो समुहविरुद्धको आक्रमणमा मुख्य मानिन्छ। हक्कानीका छोराले सन् २००१ यता हक्कानी सञ्जालको नेतृत्व गरिरहेको बताइएको छ। हक्कानी अफगान गुरिल्लाका नेता थिए।
 
उनले सन् १९८० मा सोभियत सेनाविरुद्ध लडेर अफगानिस्तानमा आफ्नो नेतृत्व खडा गरेका थिए। त्यसबेला अमेरिकी केन्द्रीय अनुसन्धान व्युरो सिआइएले हक्कानीलाई पुरस्कृत गरेको थियो। कारण अमेरिका सोभियत संघको विरोधी थियो। यद्यपी हक्कानीले सन् १९९६ मा तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानमा शक्ति आफ्नो हातमा लिएका थिए।
 
तालिवान समुहले हक्कानीलाई ‘उदाहरणीय योद्धा’भनेको छ। हक्कानी सञ्जालाई सन् २०१७ मा काबुलमा बम आक्रमण गरेको आरोप लागेको छ। त्यसबेला १ सय ५० जनाको मृत्यु भएको थियो।