Trending :
 

छक्का पन्जा–२ बन्यो उत्कृष्ट सिनेमा !

भाद्र १९,२०७५

-

१९ भदौ, २०७५ काठमाण्डौ l
 
 
नेपाल चलचित्र संघद्वारा आयोजित ‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’सम्पन्न भएको छ ।
 
आइतबार  अमेरिकास्थित सिकागोमा सम्पन्न अवार्ड कार्यक्रममा ‘छक्का पञ्जा २’ ले पपुलर फिल्म अवार्ड पाएको छ भने अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह  लोकप्रिय नायक नायिकाको अवार्ड हात पार्न सफल भएका छन्। 
 
छक्का पन्जा २ बाट निर्देशनमा डेब्यू गरेकी दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड समेत प्राप्त गरिन् । त्यस्तै सह नायकको अवार्ड जितु नेपाल र नायिकातर्फ नीता ढुंगानाले पाइन् । सुप्रसिद्ध हाँस्य कलाकारको अवार्ड केदार घिमिरे र विल्सनविक्रम राईलाई दिइयो ।
 
अवार्ड समारोहमा कलाकार सुनिल थापालाई लाइभ टाइभ अचिभ्मेन्ट अवार्ड प्रदान गरियो भने युग नायकको रुपमा भुवन केसीलाई सम्मान गरियो। वरिष्ठ सिनेकर्मी गेहेन्द्र धिमाललाई अचिभ्मेन्ट अवार्ड प्रदान गरियो। गायनतर्फको अवार्ड गायक सत्य स्वरुप र अञ्जु पन्तले प्राप्त गरे ।
 
धेरै नेपाली कलाकारहरुको अमेरिकाको भिषा नलागे पछि सीमित कलाकारहरु मात्रै अमेरिका पुगेका थिए । पुगेका प्रायः सबै कलाकारहरुले अवार्ड प्राप्त गरेका छन् ।