Trending :
 

जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी ,कम्तीमा ७ जनाको मृत्यु, १० लाख प्रभावित

भाद्र २०,२०७५

-

 
भदौ २०, २०७५ एजेन्सी ।
 
जापानमा २५ वर्षपछिकै ठूलो आँधी आएको छ । आँधीका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् । 
 
जेबी नाम दिइएको आँधी प्रतिघण्टा १ सय ७२ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षा सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो गएको छ । आँधीका कारण १० लाख मानिस प्रभावित भएको अनुमान छ ।
 
मौसमविद्ले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी भएको जनाएका छन् । जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ । एजेन्सी ।