फ्लप चलचित्रको सिक्वेलमा दीपिका
-
२० भदौ, २०७५ काठमाण्डौ l
गत वर्ष बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘ट्रिपल एक्स स् रिटर्न अफ जेन्डर केज’ फिल्मबाट हलिउडमा डेब्यु गरिन् । यस फिल्ममा उनीसँग हलिउड फिल्मका सुपरस्टार भिन डिजेल मुख्य भूमिकामा देखिएका थिए । तर, दीपिकाको पहिलो हलिउड फिल्म नै फ्लप भयो ।
‘गोलियो कि रासलिला–रामलिला’, ‘पद्मावत्’, ‘बाजिराव–मस्तानी’जस्ता बलिउडका सानदार फिल्म दिएकी अभिनेत्री दीपिकाको पहिलो हलिउड फिल्म फ्लप भए पनि उनले हार मानिनन् । उनी फेरि अर्को हलिउड फिल्म ‘ट्रिपल एक्स’मा देखिँदै छिन् । यसको पुष्टि फिल्मका निर्देशक डिजे कारुसोले दिएका छन् ।
‘ट्रिपल एक्स’को चौथो सिक्वेलमा चिनिया अभिनेता तथा गायक वाङ युआन पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मको सिरिज २००५ देखि आइरहेको छ । तर, व्यापारका हिसाबले फिल्म फ्लप हुँदै आएको छ ।