दुधालु गोरु ! जहाँ गाउँलेलाई दुधको प्रसादु बाँड्छन्

भाद्र २०,२०७५

-

 २० भदौ, २०७५ काठमाण्डौ l 
 
 
सिन्धुलीपाल्चोक — भनाई नै छ — गोरु ब्याउँदैन, दुध पनि दिँदैन । 
 
तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । 
 
भन्छन्  विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन । अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् । 
 
उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो । 
 
गोरुको थुनबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, चार थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको सांढे नन्दी भनेर पुजा गर्न थालेका छन् ।