अति कामुकता निषेध को अंतिम परिणाम हो !

जुन दिन दुनियाँमा यौन स्वीकृत हुन्छ, जस्तै कि भोजन स्वीकृत छ, त्यसै दिन बलात्कार हुनेछैन

भाद्र २०,२०७५

भारतको मध्यप्रदेश, छत्तरपुर जिल्लास्थित खजुराहो मंदिरको एक दृश्य

-माधव प्रसाद गर्तौला

२० भदौ, २०७५ काठमाण्डौ l 

 

 

यदि कुनै समाजमा भोजन (खाना) वर्जित गरियो, कि लुकेर खानु, कसैले न देखोस् l  यदि कुनै समाजमा यस्तो धारणा होस् कि भोजन गर्नु पाप हो, त्यसै दिनदेखि भोजनको पनि पोस्टर लाग्नेछ सडकमा l किनकि पोस्टरबाटै पनि तृप्ति खोज्ने छन् मानिसहरुले l कृत्रिम उपायहरुबाट तृप्ति लिने बाध्यता तब नै उत्पन्न हुन्छ, जब जीन्दगीले नै सबै द्वार बंद गरिदिन्छ l यसको परिणाम धेरै नै घातक भैरहेको छ l शक्तिशाली छ यौन (कामऊर्जा) l  यसले सहज स्वाभाविकरूपले अभिव्यक्त हुन नपाएकै कारणले बलात्कार जस्तो अपाशविक (पशुहरुले पनि नगर्ने) जघन्य कृत्य मनुष्यहरुले गरिरहेका छन् l

 

यो जुन यति धेरै अश्लीलता र कामुकता (सेक्सुअलिटी) छ, त्यो सब वर्जना (निषेध) कै अंतिम परिणाम हो l

 

म विशेष गरी युवकहरु संग भन्न चाहन्छु कि तपाईंहरु जुन दुनियाँ बनाउंनमा संलग्न हुनुहुन्छ, त्यसमा यौनलाई वर्जित नगर्नु l अन्यथा मनुष्य अझै कामुक भन्दा कामुक हुँदै जानेछन् l मेरो यो कुरा उल्टो (विपरीत) लाग्नेछ l तर निष्पक्ष भई विचार गर्नुभयो भने यसभित्र निहीत सत्य प्रगट हुनेछ l जसले भविष्यमा गएर एउटा स्वस्थ समाज निर्माण गर्नमा मद्दत मिल्नेछ l

 

प्राचीन कालदेखि नै यौनलाई गर्हित (हीन) दृष्टिले हेर्दै, व्यवहार गर्दै आइएको छ l जसको कारणले मनुष्यमा निहित नैसर्गिक कामऊर्जा (सेक्स इनर्जी) निन्दित हुन गई विकृत भएको छ l उसले खुलेर, सहज स्वतंत्रतापूर्वक निर्भय भई आनंदित भावले अभिव्यक्त हुनै पाइरहेको छैन, परिणामस्वरूप बलात्कार जस्तो जघन्य अपराध जसलाई बुद्धिहीन पशुले समेत गर्दैनन् l आज त्यही बुद्धिमान मनुष्यहरुले गर्दा कता-कता मनमा संदेह उत्पन्न हुन्छ कि कतै मनुष्यताले आफ्नो अमूल्य निधि (बुद्धि, विवेक) को उपेक्षा गरी पशुहरु भन्दा पनि निम्नस्तरको जीवनलाई अंगीकार त गर्दै छैन ?

 

परमात्माले या भनौं प्रकृतिले सृजनको आधारबिंदु नै यौन (कामऊर्जा) लाई स्वीकार गरी प्रतिपल नवसृजनमा आनंदित रहेको हामीले हर-एक जीवन (प्राणी) मा सहजै देख्न सक्छौं l यदि यौन निन्दित, अपमानित छ भने परमात्मा कसरी गौरवान्वित हुन सक्छ ? किन ठाउं- ठाउंमा उसको मंदिर, देवालयहरु छन् ? किन उसलाई पुज्ने गरिन्छ ? कहीं यी सबै आडंबर मात्रै त होइनन् ? याकि प्रायश्चित्तस्वरूप गरिएको प्रार्थना ? हामीले यौनलाई अपमानित गरेको होइन, बरु यौनको नाममा परमात्माकै अपमान गरिरहेका हौं l

 

शायद अब हामी परमात्मा भन्दा पनि बुद्धिमान भई सकेका छौं, अन्यथा उसद्वारा व्यवस्थित सृजनव्यवस्था कसरी गलत हुन सक्थ्यो ? सबैभन्दा महत्वपूर्ण शक्ति जसद्वारा संपूर्ण चराचर जगत गतिशील छ l जसको अभावमा यस जगतको संचालन एवं विकास नै असंभव हुन्छ, त्यसैलाई मनुष्यताले अस्वीकार गरिदिएको छ l

 

यौनलाई अस्वीकार गरिएको कारणले गर्दा नै उसले समाजमा सम्मानको स्थान पाउन सकेन l फलस्वरूप मनुष्यतामा भय उत्पन्न भयो l किनकि कामऊर्जा परमात्माको शक्ति हो, उससंग संघर्ष गर्दा निश्चित नै मनुष्यको पराजय हुन्छ l पटक-पटकको पराजयले भयभीत भई झन्-झन् यौनमा नै उसको ध्यान केंद्रित हुन पुगेको अवस्था देखिन्छ l जसको कारण जीवनको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यर्थका क्रियाकलापहरुमा (हत्या, बलात्कार, चोरी, झगड़ा आदि) व्यय भईरहेको छ l यौन (काम ऊर्जा) जीवनको अद्भुत रहस्य हो l यसबाट डराउनु, भाग्नु, बच्नुको अर्थ हो न्यूटन, आइन्स्टीन, फ्रायड जस्ता जिनियसहरुलाई उत्पन्न हुनुमा अवरोध खड़ा गर्नु l यौनबाट नकारात्मक दृष्टि (धारणा) हटाउने बित्तिकै एकपटक अराजक स्थिति उत्पन्न हुन्छ, किनकि शदियौंदेखि दमित (अवरोधित) ऊर्जा प्रस्फुटित हुंदा यस्तो स्थिति हुनु स्वभाविकै पनि हो l

 

यसका लागी हामीहरु सबै एकजुट भई तयार हुनु पर्छ l यदि हामीहरुले उक्त स्थितिको निर्भयतापूर्वक सामना गर्यौं भने हामीहरु पनि चंद्र-ताराहरुको यात्रा गर्न सक्षम हुनेछौं l तर अहिले भने यो संभव छैन l किनकि हाम्रो सबै ऊर्जा केटीहरुका स्कर्टको आसपास परिभ्रमण गर्नदेखि फुर्सत नै छैन l चंद्र-ताराहरुको भ्रमण कसले गर्नु ? केटीहरुले चौबिसै घंटा आफ्ना कपड़ाहरु साना बनाउनु एवं श्रृंगार-पटारमा नै व्यस्त हुनु कि नयाँ-नयाँ आविष्कारका लागी विचार गर्नु l यी सबै कामुकता (सेक्सुअलिटी) कै रूप हो l हामीहरु शरीरलाई नांगो हेर्न र हेराउन चाहन्छौं l यसैले कपड़ाहरु साना हुँदै गैरहेका छन् l सौंदर्यको कुरा होइन यो, किनकि प्रायः साना कपड़ाले शरीरलाई अनाकर्षक एवं कुरुप बनाइदिन्छ l

 

जुन समाज अथवा राष्ट्रमा यौनलाई स्वस्थरूपले स्वीकृति हुँदैन, त्यस राष्ट्रको प्रतिभाले जन्म लिनै सक्दैन l पश्चिमी मुलुकहरुमा यौनको स्वीकृतिको कारणले गर्दा नै जीनियसहरु उत्पन्न भए l यौनको स्वीकृति हुने बित्तिकै जुन शक्ति यौनको विरोधमा नष्ट हुने गर्थ्यो, त्यो शक्ति रचनात्मकतामा परिवर्तित भई सृजनका नयाँ-नयाँ आयामहरु खुल्दै जान्छन् l किनभने संपूर्ण सृजनको शक्ति भनेकै यौन (कामऊर्जा) हो l

 

विशेष गरी नयाँ पुस्ताहरु संग के भन्न चाहन्छु भने तपाईंहरु भयभीत नहुनु l तपाईंहरु यौनलाई जान्ने तथा बुझ्ने कोशिश गर्नु l यौनको संबंधमा आधुनिक नयाँ खोजहरु भएका छन् उनलाई पढ्नु, एक-आपसमा चर्चा गर्ने गर्नु l यसले यौनलाई बुझ्नमा सहायता मिल्नेछ l क्रमशः

- माधव प्रसाद गर्तौला