रोचक प्रसङ्ग

जब महिलाले घुम्ने रहर पूरा गर्न नोट निलेर पेटमा जम्मा गरिन् .....

बैशाख २५,२०७४

-

 
सान्द्राको पेटमा डलर भएको खुलासा त्यति बेला भयो, जब पेट दुखेर उनी अस्पताल भर्ना भइन् । चिकित्सकले उनीमाथि परीक्षण शुरु गर्नुअघिसम्म उनले यसबारे बताएकी थिइनन् । तर, उनी भयभित भने देखिएको चिकित्सकहरुले बताएका छन् । ‘पेटमा केही अनौठो बस्तु भएको चिकित्सकीय परीक्षणका क्रममा फेला परेपछि तत्काल शल्यक्रियाका लागि डक्टरले सुझाब दिएको थियो । शल्यक्रिया गर्दा सबैलाई आश्चर्यचकित बनाउने खुलासा भयो । उनको पेटमा नोटका बण्डल भेटियो । एक जिज्ञासामा सान्द्राले भनिन्, ‘घरको विद्युतीय सामग्री बेचेर रकम जुटाएकी हुँ । म छुट्टी मनाउन पानामा जान चाहन्थे ।’

  
नोट निकालेपछि त्यसलाई पानीले पखालिए पनि पेटमा पाइने तरल पदार्थका कारण नोट खराब भइसकेको छ । पेटबाट सफलतापूर्वक नोट निकालिएपछि सान्द्राले भनिन, ‘अब चाहीँ म साँच्ची कै लग्जरी होलिडेका लागि रकम बचत  गर्नेछु ।’

  • एजेन्सी बाट