साफ च्याम्पियनसिपमा नेपाल आज भुटानविरुद्ध खेल्दै
-
भदौ २१, २०७५ ढाका ।
बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपालले आज दोस्रो खेल भुटानविरुद्ध खेल्दैछ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित नेपालले आज भुटानलाई हराउँनै पर्ने दबाबमा हुनेछ।
बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरू हुनेछ।
यसअघि साफमा नेपाल र भुटान दुई पटक आमनेसामने भएका छन्। जसमा दुवै पटक नेपालले बाजी मारेको छ।
यदि आजको खेलमा नेपालले जित निकाल्न नसके अघिल्लो चरण प्रवेश बन्द हुनेछ। यसै खेलले नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ।
नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न आज भुटानलाई कुनै पनि हालतमा हराउनुको विकल्प छैन।
उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको नेपाल आज भुटानलाई हराउँदै सेमिफाइनल यात्रा बलियो बनाउन चाहन्छ।
समूह ुएु मा रहेको नेपाल र भुटान अंकविहिन छन्। भुटान आयोजक बंगलादेशसंग २–० ले पराजित भएको थियो।
यो समूहमा बंगलादेश र पाकिस्तानले समान ३÷३ अंक जोडेको छन्। यस्तोमा नेपालसँगै भुटानलाई पनि नेपालविरुद्धको खेल महत्वपूर्ण हुनेछ।