गर्भाधान संस्कार, महत्व एवं परिचय !

भाद्र २१,२०७५

-माधव प्रसाद गर्तौला

२१ भदौ, २०७५ काठमाण्डौ l

गर्भाधानं पुंसवनं सीमंतो जातकर्म च ।
नामक्रियानिष्क्रमणेअन्नाशनं वपनक्रिया: ।।
कर्णवेधो व्रतादेशो वेदारंभक्रियाविधि: ।
केशांत स्नानमुद्वाहो विवाहाग्निपरिग्रह: ।। 
त्रेताग्निसंग्रहश्चेति संस्कारा: षोडश स्मृता: । (व्यासस्मृति १/ १३-१५)
 
क्रमशः षोडशसंस्कारहरुको परिचय दिने क्रममा आज प्रथम (गर्भाधान) संस्कारको छोटो परिचय मात्र प्रस्तुत गर्दछु l
 
(१) गर्भस्याऽऽधानं वीर्यस्थापनं स्थिरीकरणं यस्मिन्येन वा कर्मणा तद् गर्भाधानम् l l
 

षोडशसंस्कारहरु मध्ये ‘गर्भाधान’ प्रथम संस्कार हो l यहीं बाट बालकको निर्माण शुरु हुन्छ l गृहस्थाश्रममा प्रवेश गरे पश्चात दम्पत्ति-युगललाई पुत्र उत्पन्न गर्ने अनुमति दिइएको छ l यसैले शास्त्रहरुमा भनिएको छ कि उत्तम संतान प्राप्त गर्नका लागि सबैभन्दा पहिले गर्भाधान-संस्कार गर्नु पर्छ l पितृऋणबाट उऋण हुनको लागि नै संतान उत्पादनार्थ यो संस्कार गरिने गरिन्छ l यस संस्कारले बीज तथा गर्भसंग संबन्धित मलिनता आदि दोष नष्ट हुन्छन् l जसको कारणले उत्तम संतानको प्राप्ति हुन्छ l

 

माता-पिताको रज एवं वीर्यको संयोगले संतानोत्पत्ति हुन्छ l यो संयोग नै ‘गर्भाधान’ कहलाउँछ l (स्त्री एवं पुरुषको शारीरिक मिलनलाई नै गर्भाधान संस्कार भनिन्छ) गर्भाधान ‘जीव’को प्रथम जन्म हो, किनकि त्यस समय नै जीव सर्वप्रथम माताको गर्भमा प्रविष्ट हुन्छ, जुन पहिले देखि नै पुरुषको वीर्यमा विद्यमान थियो l गर्भमा संभोगपश्चात् त्यो स्त्रीको रजसंग मिलेर उसको डिम्बमा प्रविष्ट भई विकासमान हुन्छ l

 

गर्भस्थापन पछी अनेक प्रकारका प्राकृतिक प्रकोपहरुले गर्भमै आक्रमण गर्दछन्, जसद्वारा बच्नको लागि नै यस संस्कारको प्रयोग गरिन्छ l जसको कारणले गर्भस्थ शिशुको रक्षा हुन्छ l माता-पिताद्वारा खाइएको अन्न एवं विचारहरुले पनि गर्भस्थ शिशुमा प्रभाव पर्छ l  माता-पिताका रज-वीर्य दोषपूर्ण हुनुको कारण उनीहरुले सेवन गरेका मादक द्रव्यहरु तथा अशुद्ध खान-पान हुने गर्छ l उनीहरुको दूषित मानसिकता पनि वीर्यदोष या रजदोष उत्पन्न गर्नमा महत्वपूर्ण भूमिका निभाउंछ l दूषित बीजको वृक्ष दूषित नै हुने गर्छ l अतः मंत्रशक्तिद्वारा बालकको भावनाहरुमा परिवर्तन आउँछ, जसले ऊ दिव्य गुणहरुले सम्पन्न हुन्छ l यसैका लागि गर्भाधान संस्कारको आवश्यकता हुन्छ l

 

दाम्पत्य-जीवनको सर्वोच्च उद्देश्य हो श्रेष्ठ गुणवाला, स्वस्थ, ओजस्वी, चरित्रवान र यशस्वी संतान प्राप्त गर्नु l स्त्री-पुरुषको प्राकृतिक संरचना नै यस्तो छ कि उचित समयमा संभोग गरियो भने संतान हुनु स्वभाविक नै हो, तर गुणवान संतान प्राप्त गर्नका लागि विधि-विधानसंग गरिएको संभोग नै शुभ फलदायी हुन्छ l यसका लागि माता-पितालाई शारीरिक एवं मानसिकरूपले तयार हुनुपर्छ, किनकि भविष्यमा आउनेवाला संतान उनकै आत्माको प्रतिरूप हो l यसैले त पुत्रलाई ‘आत्मज’ तथा पुत्रीलाई ‘आत्मजा’ भनिएको हो l गर्भाधानको संबन्धमा 'स्मृतिसंग्रह'मा लेखिएको छ-

निशेकाद्बैजिकं चैनो गार्भिकं चापमृज्यते l

क्षेत्रसंस्कारसिद्धिश्च गर्भाधानफलं स्मृतम् l l

अर्थात् विधिपूर्वक संस्कारले युक्त गर्भाधानले राम्रो एवं सुयोग्य संतान उत्पन्न हुन्छ l यस संस्कारले वीर्यसम्बन्धी मलिनता नष्ट हुन्छ, एवं सम्पूर्ण दोषहरुको मार्जन तथा क्षेत्र (गर्भ) को संस्कार पनि हुन्छ l यहि गर्भाधान संस्कारको फल हो l

 

पर्याप्त खोज एवं अन्वेषण पछि चिकित्साशास्त्र पनि यसै निष्कर्षमा पुगेका छन् कि गर्भाधानको समय स्त्री-पुरुष जुन भावनाहरुमा आंदोलित भैरहेका हुन्छन् उसकै प्रभाव उनीहरुको रज-वीर्यमा पनि पर्ने गर्दछ l अतः त्यस रज-वीर्यजन्य संतानमा माता-पिताको भाव स्वतः नै प्रगट हुन्छ-

आहाराचारचेष्टाभिर्यादृशोभि: समन्वितौ l

स्त्रीपुंसौ समुपेयातां तयो: पुत्रोरपि तादृश: l l

अर्थात् स्त्री तथा पुरुषले जस्तो आहार-व्यवहार तथा चेष्टाहरुले संयुक्त भई परस्पर समागम गर्दछन् उनको पुत्र पनि त्यस्तै स्वभावको हुन्छ l अतः सच्चरित्र, गुणवान संतान प्राप्तिका लागि वासनाले आंदोलित नभई प्रार्थनापूर्ण हृदयले समागम गरियो भने अवश्य नै श्रेष्ठ बालकको जन्म हुनेछ l श्रेष्ठ मानवको अति नै खाँचो छ विश्वमै l